स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौँ महानगरपालिकाको मतगणनामा सत्तारुढ नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई पछि पारेको छ।
कुल खसेका मतमध्ये ९८ हजार ३४८ मतपत्रको गणना हुँदा कांग्रेस उम्मेदवार सिर्जना सिंहले एमाले उम्मेदवार केशव स्थापितलाई ९८ मतले पछि पारेकी हुन्।
शनिबार राति सवा ९ बजेको मत परिणामअनुसार सिंहले १९ हजार ६६३ मत पाउँदा स्थापितले १९ हजार ५६५ मत प्राप्त गरेका छन्।
मत गणनाको सुरुवातबाटै अग्रस्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको भने मत संख्या ३६ हजार ६१ पुगेको छ।
काठमाडौँमा अहिलेसम्म १, २, ३, ४, ५, ६, ८, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाको मत गणना सम्पन्न भइसकेको छ।
अहिले वडा नम्बर ७, ९, १०, ११, २४, २५, २६ र २७ नम्बर वडाको मत गणना चलिरहेको छ।
मत गणना जारी रहेको वडा मध्ये ७, ९, १०, ११ र २६ मा स्वतन्त्र उम्मेदवार शाहको अग्रता देखिएको छ। वडा नम्बर २४, २५ र २७ मा भने उनी कांग्रेसका सिंह र एमालेका स्थापित भन्दा पछि छन्।
Shares

प्रतिक्रिया