लौरो चुनाव चिह्न लिएर उठेका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित हुने दिशातिर अघि बढेका छन्।
धरान वडा नं. १५ को ४८ सय वडा नं. १६ को १ हजार र वडा नं. २० को १३ सय १० मत गणना गरिरहँदा हर्कले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका किशोर राईलाई ३ हजार ९२ मतले पछि छाडेका छन्।
धरानमा अहिलेसम्म १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १८र १९ नं. वडाको मत गणना सकिएको छ।
ताजा अवस्थामा साम्पाङले १५ हजार ९६६ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका कांग्रेसका किशोर राईले १२ हजार ८७४ मत ल्याएका छन्।
त्यसैगरी एमालेकी मञ्जु भण्डारीको पक्षमा १० हजार ४५२ मत खसेको छ। उपप्रमुखतर्फ गठबन्धनका अइन्द्र विक्रम बेघाले १५ हजार ७६९ मत ल्याएका छन्। त्यस्तै एमालेका पदम इस्बोले १४ हजार २५२ मत ल्याएका छन्।
Shares

प्रतिक्रिया