निर्वाचन विशेष


म्याद सकिएपछि आजदेखि बिदा भए एक लाख म्यादी

चारजनाको मृत्यु, एकजनाद्वारा आत्महत्या
म्याद सकिएपछि आजदेखि बिदा भए एक लाख म्यादी

फाइल फोटो


नेपालखबर
जेठ ७, २०७९ शनिबार १६:२२, काठमाडौँ

आज देशभरका म्यादी प्रहरी बिदा भएका छन्। शुक्रबारदेखि नै उनीहरुलाई बिदा गर्न थालिएको छ। 

शनिबार सबैजना बिदा भइसक्ने प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए। 

स्थानीय तहको निर्वाचनका लागि एक लाख जना म्यादी भर्ना गरिएको थियो। ४० दिनका लागि भर्ना भएका म्यादी अवधि सकिएसँगै बिदा भएका हुन्। 

निर्वाचनमा सबैभन्दा बढी म्यादी खटाइएको थियो। चैत २८ गते देशभरका जिल्ला प्रहरी कार्यालयमा म्यादी भर्ना गरिएको थियो। ४० दिन पूरा भएसँगै उनीहरुको म्याद सकिएको हो।

केही स्थानमा मतदान र केही स्थानको मतगणना बाँकी रहे पनि अब अन्य सुरक्षाकर्मी मात्रै खटाइने छ। म्यादी प्रहरी घर फर्किएका छन् भने नेपाली सेना पनि ब्यारेक फर्किएको छ। 

४० दिन काम गर्दा म्यादी प्रहरीले जवानसरह सेवा सुविधा पाएका थिए। यसबीचमा ५ जना म्यादी प्रहरीको मृत्यु भएको छ। करिव ५० जना घाइते भएको प्रहरी प्रवक्ता केसीले बताए। 

ललितपुर, हुम्ला, सिन्धुपाल्चोक र नुवाकोटमा एक एक जना म्यादी प्रहरीको मृत्यु भएको हो। सिन्धुपाल्चोककै एक म्यादी प्रहरीले भने विष सेवन गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ। 

चुनावमा खटिने क्रममा ज्यान गुमाउने म्यादी प्रहरीका परिवारलाई पनि २० लाख रुपैयाँ दिने सरकारले निर्णय गरिसकेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad