निर्वाचन विशेष


धनुषामा एकमात्र पालिकामा माओवादी विजयी, मातृका यादवका भाइ बने मेयर

धनुषामा एकमात्र पालिकामा माओवादी विजयी, मातृका यादवका भाइ बने मेयर

नेपालखबर
जेठ ७, २०७९ शनिबार १३:६, जनकपुरधाम

धनुषामा माओवादी केन्द्रले बल्ल खाता खोलेको छ।

धनुषाको सबैलामा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको गठबन्धनलाई पराजित गर्दै मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्रले जित निकालेको हो।

माओवादी केन्द्रबाट मेयरमा कारीराम यादव र उपमेयरमा माओवादीकै रहिमा खातुन निर्वाचित भएका छन्।

मेयरमा निर्वाचित कारीराम माओवादीका स्थायी समिति सदस्य मातृका प्रसाद यादवका कान्छो भाइ हुन्।

कारीराम ४ हजार २११ मत ल्याएर मेयरमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबा काँग्रेसका उम्मेदवार जगत सुन्दर साह ४ हजार ७६ मत प्राप्त गरेका छन्।

कारीराम १३५ मत अन्तरले विजयी भएका हुन्। 

यस्तै उपमेयरमा माओवादी केन्द्रकै रहिमा खातुन ४ हजार ६९९ मत ल्याएर विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका किरण कापरले ३ हजार ६०४ मत प्राप्त गरिन्।

जसपाक श्यामनारायण यादव २ हजार ६०७ मत ल्याएर चौथो नम्बरमा सिमित भए।

धनुषाको १८ पालिका मध्ये १६ वटाको अन्तिम नतिजा आइसकेको छ। क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना जारी छ। त्यहाँ एमाले अगाडी छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad