निर्वाचन विशेष


गण्डकीमा जनता समाजवादी पार्टी खाली हात

गण्डकीमा जनता समाजवादी पार्टी खाली हात

नेपालखबर
जेठ ७, २०७९ शनिबार १२:४२, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको गृह प्रदेश हो-गण्डकी। गण्डकी प्रदेशका १० जिल्लामा ८४ स्थानीय तह छन्। 

जसमध्ये २ वटा स्थानीय तहको अन्तिम मतपरिणाम आउन बाँकी छ। कास्कीको पोखरा महानगरपालिका र तनहुँको व्यास नगरपालिकाबाहेकका सबै स्थानीय तहको अन्तिम मत परिणाम आइसकेको छ। 

जसमा भट्टराईले नेतृत्व गरेको दल जसपा भने गण्डकी प्रदेशका सबै जिल्लाका स्थानीय तह प्रमुखमा शून्य देखिएको छ।

भट्टराईको गृहजिल्ला गोरखाका १० तहमध्ये कुनैपनि तहमा जसपाले जित निकाल्न सकेन्। गोरखामा माओवादी केन्द्रले ९ र नेपाली कांग्रेसले २ पालिका प्रमुख जितेको छ। 

लमजुङका ८ स्थानीय तहमा एमाले र कांग्रेसले ४/४ वटा स्थानीय तहका प्रमुखमा जित निकालेको छ। तनहुँका ८ स्थानीय तहमध्ये नेपाली कांग्रेस ४, माओवादी केन्द्र १ र एमालेले ४ स्थानिय तहका प्रमुख जितेको छ। व्यास नगरपालिकाको भने अन्तिम मत परिणाम आउन बाँकी छ। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगरसमेत रहेको व्यासमा सुरुदेखि नै स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिएका छन्। 

११ स्थानीय तह रहेको स्याङ्जामा नेपाली कांग्रेसले ५ र एमालेले ६ स्थानिय तहमा जित निकालेको छ। कास्कीमा एमालेले ४ र कांग्रेसले ४ स्थानिय तहका प्रमुख जितेको छ। ९ स्थानिय तह रहेको कास्कीमा पोखरा महानगरपालिकाको मतपरिणाम आउन बाँकी छ। यहाँ गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता राखेका छन्। 

मुस्ताङका ५ स्थानिय तहमध्ये एमालेले ४ र कांग्रेसले १ तहका प्रमुखमा जित निकालेको छ। पर्वतका ६ तहमध्ये एमाले ४ र कांग्रेस २ वटा तहका प्रमुखमा विजयी भएको छ। 

बाग्लुङका १० स्थानिय तहमध्ये कांग्रेस ६, माओवादी केन्द्र १, राष्ट्रिय जनमोर्चा २ र एमाले १ वटा तहका प्रमुखमा जित निकालेको छ। बर्दघाट (सुस्ता पूर्व)का ८ स्थानीय तहमध्ये एमाले ६ र कांग्रेस २ तहमा विजयी भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad