निर्वाचन विशेष


धरानमा हर्क साम्पाङ गठबन्धनभन्दा २६ सय ६७ मतले अगाडि

धरानमा हर्क साम्पाङ गठबन्धनभन्दा २६ सय ६७ मतले अगाडि

नेपालखबर
जेठ ७, २०७९ शनिबार १२:३८, काठमाडौँ

धरान उपमहानगरपालिकाको मेयरमा लौरो लिएर उठेका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १५ हजार मत ल्याएका छन्। 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार शनिबार मध्यान्ह १२ बजेसम्म ४७ हजार ९५ मतगणना भएको छ।

धरानमा अहिले वडा नम्बर १५ र १६ को गणना भइरहेको छ। १७ को गणना बाँकी नै छ। 

यस्तोमा साम्पाङले १५ हजार ७७ मत प्राप्त गरिसकेका छन्। हर्कले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईभन्दा २६६७ मतले अग्रता बनाएका छन्। 

राईले १२ हजार ४१० मत ल्याएका छन्। तेस्रो नम्बरमा रहेकी एमाले उम्मेदवार मञ्जु भण्डारीले १० हजार ११२ मत पाएकी छन्। 

उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले १४ हजार ९७९ मत पाएका छन्। 

उनलाई पछ्याइरहेका एमाले उम्मेदवार पदम इस्वोले १३ हजार ७२६ मत ल्याएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad