निर्वाचन विशेष


राजीनामा दिएर मेयरमा उठेका एमालेका प्रदेश सभा सदस्य सूर्योदयमा पराजित

राजीनामा दिएर मेयरमा उठेका एमालेका प्रदेश सभा सदस्य सूर्योदयमा पराजित

नेपालखबर
जेठ ७, २०७९ शनिबार ११:४२, काठमाडौँ

प्रदेश १ को प्रदेश सभा सदस्यबाट राजीनामा दिएर इलामको सूर्यदय नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका काजीमान कागते पराजित भएका छन्। 

एमालेका तर्फबाट मेयरको प्रत्यासी भएका कागते गठबन्धनका तर्फबाट उम्मेदवार बनेका आफ्नै पूर्व सहकर्मी एकिकृत समाजवादीका रणबहादुर राईसँग पराजित भएका हुन्।
 
समाजवादीका राईले १ हजार ८५२ मतको अन्तरले पूर्व प्रदेश सभा सदस्य कागतेलाई हराएका हन्। 

राईले १२ हजार ४३१ मत पाँउदा कागतेले १० हजार ५७९ मत पाए । कागते प्रदेश सभा सदस्यमा राजिनामा दिएर मेयर बन्न गएका थिए। 

उप मेयरमा पनि गठबन्धनबाटै कांग्रेसका दुर्गाकुमार बराल विजयी भएका छन् । उनले ११ हजार ८५४ मत ल्याए । उनकी प्रतिस्पर्धी एमालेकी उम्मेदवारले ९ हजार १२२ मत पाइन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad