निर्वाचन विशेष


दोलखाको विगु गाउँपालिकामा माओवादी विजयी

दोलखाको विगु गाउँपालिकामा माओवादी विजयी

नेपालखबर
जेठ ७, २०७९ शनिबार ११:२५, काठमाडौँ

दोलखाको विगु गाउँपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।  

विगुमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन थियो। गाउँपालिका प्रमुखमा गठबन्धनका तर्फबाट माओवादीका सञ्जीव ओली निर्वाचित भए पनि गठबन्धनका उपप्रमुखमा कांग्रेसकी उम्मेदवार आङनिमा शेर्पा भने पराजित भएका छन्।

उपप्रमुखमा गठबन्धनलाई पराजित गर्दै एमालेका देविका थामी निर्वाचित भएकी छन्। पालिका प्रमुखमा चार हजार १०० मत प्राप्त गरी ओली निर्वाचित भएका हुन्। प्रमुखमा एमालेका उम्मेदवार अच्छुतम केशीले तीन हजार ९७३ मत प्राप्त गरेकी छन्। 

उपप्रमुखमा थामीले चार हजार १३ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी शेर्पाले तीन हजार ८२६ मत प्राप्त गरेका छन्। आठ वडा रहेको विगु गाउँपालिकामा एमालेले तीन, माओवादी र कांग्रेसले दुई दुई र एक वडामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष विजयी भएा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad