निर्वाचन विशेष


महाभारत गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसको जित

महाभारत गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसको जित

नेपालखबर
जेठ ७, २०७९ शनिबार १०:४, काठमाडौँ

काभ्रेको डाँडापारिस्थित महाभारत गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धन दलको तर्फबाट नेकपा (माओवादी केन्द्र) का कान्छालाल जिम्बा र उपाध्यक्षमा नेपाली कांग्रेसका सागर मोक्तान विजयी भएका छन्। 

अन्तिम मत परिणामअनुसार जिम्बाले चार हजार ८९१ मत र उपाध्यक्ष मोक्तानले चार हजार १६९ मत मत प्राप्त गरी विजयी भएका हुन्।

अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी एमालेका पूर्णबहादुर वाइबाले तीन हजार १९५ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष पदका निकटतम प्रतिस्पर्धी एमालेकीस् शान्ति तितुङ रानामगरले एक हजार ५३० मत प्राप्त गरेकी छन्। 

पालिकाको अध्यक्षमा विजयी हुने जिम्बाको यो दोस्रो कार्यकाल हो। 

काभ्रेका १३ वटा स्थानीय तहहरुमध्ये १२ वटा पालिकाको मतगणना सम्पन्न भइसकेको छ। पाँचखाल नगरपालिकाको मतगणना कार्य जारी छ। 

१३ वटा वडा रहेको पाँचखालका नगरपालिकाको ७ नम्बर वडासम्मको मतगणना भईसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad