निर्वाचन विशेष


रघुवीर महासेठको गृह नगरमा एमाले ‘क्लिन स्वीप’

रघुवीर महासेठको गृह नगरमा एमाले ‘क्लिन स्वीप’

नेपालखबर
जेठ ७, २०७९ शनिबार ९:५०, जनकपुरधाम

नेकपा एमालेका सचिव रघुवीर महासेठको गृह नगरमा एमाले (क्लिन स्वीप’ भएको छ। 

महासेठको घर रहेको धनुषाको मिथिला बिहारी नगरपालिकामा मेयरमा काँग्रेस र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। 

काँग्रेसका राजेन्‍द्र प्रसाद यादव ४ हजार ३०४ मत ल्याएर मेयरमा विजयी भएका हुन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका निवर्तमान मेयर अनिलकुमार यादवलाई २१० मतान्तरले पराजित गरेका छन। निवर्तमान मेयर अननिलकुमारले ४ हजार ९४ मत मात्र ल्याउन सके। 

यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रकी शोभादेवी साह विजयी भएकी छन् । उनले ३ हजार ३३० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वस् नेकपा एकीकृत समाजवादीकी अनिता कुमारीले २ हजार ७९७ मत प्राप्त गरेकी छन्। 

१० वटा वडा रहेको मिथिला बिहारी नगरपालिकाको एउटा वडा समेत एमालेले जित्न सकेनन्। २०७४ निर्वाचनमा यो नगरपालिकामा एमालेले मेयर उपमेयरसहित केहि वडाहरु पनि जितेको थियो। 

यस नगरपालिकाको वडा नं. ३ मा एमाले नेता रघुवीर महासेठको पुर्खेउली घर छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad