बुटवलमा उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डेको जित सुनिश्चित भएको छ। उपमहानगरका १९ वडा मध्ये १८ वटा वडाको मतगणना सकिएको छ।
अहिले बुटवल ११ को मत गणना चलिरहेको छ । ४ हजार जति मत गन्न बाँकी हुँदा पाण्डे एमालेका बाबुराम भट्टराई भन्दा ६ हजार ९५३ मतले अघि छन्।
पाण्डेको २५ हजार ६१२ मत प्राप्त गरेका छन्। भट्टराईले १८ हजार ६५९ मत ल्याएका छन् । उपमेयरमा एमालेकी सावित्रा अर्यालको जित निश्चित देखिएको छ।
उनी ६ हजार मतले अघि छन्। अर्यालले २० हजार ६०४ मत प्राप्त गरेकी छन्। गठबन्धनका तर्फबाट एकिकृत समाजवादीका चिनबहादुर गुरुङले १४ हजार ७७५ मत ल्याएका छन्।
297
Shares

प्रतिक्रिया