धनुषाको गणेशमान चारनाथ नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा नेपाली काँग्रेस विजयी भएको छ।
काँग्रेसका जितनारयाण यादव ३ ले १०८ मत ल्याएर मेयरमा निर्वाचित हुँदा उनका निकटतमप्रतिस्पर्धी जनता समाजवादी पार्टीका रामचलितर यादवले २ हजार ७६० मत ल्याएका छन्।
निवर्तमान मेयर रामबाबु यादव पाँचौ नम्बरमा छन्। उनले १ हजार ३२३ मत मात्र पाएका छन् । उनले जमानत समेत बचाउन सकेनन् । उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट चुनावी प्रतिस्पर्धामा थिए।
२०७४ को स्थानीय निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट रामबाबु मेयरमा विजयी भएका थिए। टिकट नपाएपछि मनोनयन दर्ताको दिन बैैशाख ११ गते उनी जसपा परित्याग गरी लोसपामा प्रवेश गरेका थिए।
यस्तै उपमेयर पदमा पनि काँग्रेसकै तुल्सा कुमारी पाण्डे ३ हजार २८३ मत सहित निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी जसपाकी गणिता कुमारी महतोले २ हजार ४२९ मत मात्र ल्यान सकिन्।
Shares

प्रतिक्रिया