निर्वाचन विशेष


भरतपुर अपडेट : रेनुको अग्रता झन् फराकिलो

भरतपुर अपडेट : रेनुको अग्रता झन् फराकिलो

नेपालखबर
जेठ ७, २०७९ शनिबार ६:५०, काठमाडौँ

चितवनको भरतपुर महानगरपालिकाको मतगणना चलिरहँदा रेनु दाहालले आफ्नो अग्रतालाई झन् फराकिलो बनाउँदै लगेकी छन्।

भरतपुरमा अहिलेसम्म ११ वटा वडाको मतगणना सकिएको छ। १३ र १४ नम्बर वडाको मतगणना भइरहेको छ। ६७ हजार ५०७ मतगणना सकिँदा माओवादी केन्द्रकी रेनु दाहालले २६ हजार ५२८ मत प्राप्त गरेकी छन्। 

आज (शनिबार) बिहानसम्म सार्वजनिक मत परिणाम अनुसार एमालेका विजय सुवेदी र रेनुको मतान्तर ४ हजार ७०२ छ। सुवेदीले अहिलेसम्म २१ हजार ५५६ मत प्राप्त गरेका छन्। 

कांग्रेसबाट बागी उठेका जगन्नाथ पौडेलले अहिलेसम्म ९ हजार ६८ मत प्राप्त गरेका छन्।

उपमेयरतर्फबाट पनि सत्तारुढ गठबन्धनका उम्मेदवार कांग्रेसका चित्रसेन अधिकारी अघि छन्। उनले अहिलेसम्म २८ हजार २०३ मत प्राप्त गर्दा एमाले तर्फको गठबन्धनका उम्मेदवार राप्रपाका विमला गुरुङले १६ हजार ७४५ मत प्राप्त गरेकी छन्। 

मतगणना चलिरहेका १३ र १४ नम्बर वडामा गठबन्धनबाट वडाध्यक्षका उम्मेदवार एमाले भन्दा अघि छन्। 

अहिलेसम्म भरतपुरमा १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ नम्बर वडाको मतगणना सकिएको छ। १३ र १४ नम्बर वडाको मतगणना चलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad