चितवनको भरतपुरमा १२ वटा वडा गणना हुँदा गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले अग्रतालाई फराकिलो पार्दै लगेकी छन् ।
सवा १० बजे सार्वजनिक गरिएको मतपरिणाम अनुसार ६४ हजार १ सय ८५ मत गणना भएको छ।
१ देखि १२ वटा वडाको गणना सकिँदा रेनुले २४ हजार ६ सय ६० मत ल्याएकी छन्। उनलाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २० हजार ६ सय ६३ मत ल्याएर पछ्याइरहेका छन्। रेनु र विजयबीचको मतान्तर ३९ सय ९७ छ।
अहिले वडा १३ र १४ को गणना भइरहेको छ।
वडा ११ र १२ मा एमालेको केही मत रेनुलाई खसेको देखिन्छ।
रेनुको बागी उम्मेदवार बनेका कांग्रेसका जगन्नथ पौडेलले ८ हजार ८ सय ४० मत पाएका छन् ।
निरन्तर रेनुको मत काटिरहेका पौडेलले पछिल्लो पटक भने मत काट्ने रफ्तार कम हुन थालेको छ । २० प्रतिशतसम्म मत काटेका पौडेलको वडा ११ र १२ पुग्दा मत काट्ने दर घटेको देखिन्छ।
Shares

प्रतिक्रिया