निर्वाचन विशेष


काठमाडौंमा बालेनले दोब्बर पारे मतान्तर

काठमाडौंमा बालेनले दोब्बर पारे मतान्तर

नेपालखबर
जेठ ६, २०७९ शुक्रबार २१:३४, काठमाडौँ

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले मतान्तर दोब्बर पारेका छन्।

बौद्ध एरियामा पर्ने महानगरपालिका वडा नम्बर ६ को मतगणनामा उनले नेकपा एमालेको भन्दा मत दोब्बर बनाएका हुन्। 

उक्त वडामा खसेको कुल मतमध्ये ९ हजार ५६७ मत गणना भइसकेको छ। जसमध्ये शाहले ३ हजार ४८२ मत ल्याएका छन्। 

एमाले उम्मेदवार केशव स्थापितले १ हजार ७४२ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहको पक्षमा २ हजार २०३ मत खसेको छ।

शुक्रबार राति साढे ९ बजेसम्म सम्पन्न मतगणनाको परिणामअनुसार शाहले ३० हजार ८५८ मत ल्याएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी स्थापितले १६ हजार ३३७ मत पाएका छन्।

कांग्रेसकी सिंह १५ हजार ९६० मतका साथ तेस्रो स्थानमा छन्।

अहिलेसम्म ८१ हजार ७६५ मत गणना भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad