विराटनगर महानगरपालिकामा मतगणना सम्पन्न नहुँदै प्रमुख र उपप्रमुखनै विजयी भएका छन्।
५ हजार ९३४ मत गणना गर्न बाँकी हुँदै प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइराला र उपप्रमुखमा एमालेकी शिल्पा कार्कीले जित सुनिश्चित गरेका हुन्।
गणना गर्न बाँकी मतभन्दा उनीहरुको र प्रतिस्पर्धीको मतान्तर बढी छ।
८३ हजार ८५५ मतगणना सम्पन्न हुँदा कोइरालाले २७ हजार ७०५ मत पाएका छन्। उनका प्रतिस्पर्धी एमालेका सागर थापाको २० हजार ३६५ मत छ।
यो कोइरालाले पाएको भन्दा ७ हजार ३४० मत कम हो।
उपप्रमुखमा शिल्पाले २४ हजार १५ मत पाएकी छन्। उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले १३ हजार ४७३ मत पाएका छन्।
अमेरेन्द्रकोभन्दा १० हजार ५४२ मत बढी शिल्पाले पाइसकेकी छन्।
६ वटा महानगरपालिका मध्य सबैभन्दा पहिले विराटनगर महानगरपालिकाको मत परिणाम सार्वजनिक हुने देखिएको छ।
Shares

प्रतिक्रिया