काठमाडौं महानगरपालिकाको वडा नम्बर २९ को मत गणनामा विवाद भएको छ।
मतदान अधिकृतले नेपाली कांग्रेसका कुश ढकाललाई वडाध्यक्षमा विजयी घोषणा गरेपनि एमालेले त्यसलाई अस्वीकार गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको छ।
एमालेका काठमाडौं महानगरका सचिव राजिव शाक्यले नेपालखबरसँग भने,‘२९ नम्बर वडामा खसेको कूल मत ५ हजार ८ हो तर, गणनामा ४ हजार ९ सय ४४ मात्र देखाइएको छ, ६४ मत गायब भएकाले हामीले उजुरी दिएका हौँ।’
निर्वाचन अधिकृतले नेपाली कांग्रेसका कुश ढकाललाई वडाध्यक्षमा विजयी भएको शुक्रबार घोषणा गरेका छन्।
ढकालले १ हजार ९ सय २१ मत ल्याएको घोषणा भएको थियो । यो मत एमालेका वडाध्यक्षका उम्मेदवार शिवराम राजबंशीको भन्दा ५० मत बढी हो। राजवंशीले १८७१ मत पाएका छन्।
एमाले उम्मेदवार ५० मतले हारेको तर, ६४ मत गायब भएकाले पूरै मतपत्र दोहो¥याएर गणना गर्न एमालेले माग गरेको हो।
२०७४ को स्थानीय तह निर्वाचनमा पनि ढकालले राजवंशीलाई पराजित गरेका थिए। उनले १ हजार ५४५ मत ल्याउँदा तत्कालीन समयमा स्वतन्त्र उम्मेदवार दिएका राजवंशीले १ हजार ४९१ मत पाएका थिए। एमाले १ हजार ४२ मतका साथ तेस्रो बनेको थियो।
नेपाली कांग्रेसका वडाध्यक्षको जितसहितको नतिजामा नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस लगायतका दलका प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन् । तर, एमालेका प्रतिनिधिले भने हस्ताक्षर गरेका छैनन् ।
वडा नम्बर २९ मा नेपाली कांग्रेसका वडाध्यक्षले जितिसकेको निर्वाचन कार्यालयले औपचारिक घोषणा नै गरिसकेको छ । यो वडामा नेपाली कांग्रेसले प्यानलै जितेको नतिजा आइसकेको छ ।
Shares



प्रतिक्रिया