काठमाडौं महानगरपालिका–२९ मा नेपाली कांग्रेसले ‘क्लिन स्विप’ गरेको छ। डिल्लीबजार क्षेत्र रहेको वडा नम्बर २९ मा कुश ढकाल दोस्रो कार्यकालका लागि वडाध्यक्षमा विजयी भएका छन्।
उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका शिवराम राजवंशीलाई ५० मतले पराजित गरेका छन्। ढकालले कुल खसेको ५ हजार ८ मतमध्ये १ हजार ९२१ मत पाएका छन्।
राजवंशीले १ हजार ८७१ त प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। २०७४ को स्थानीय तह निर्वाचनमा पनि ढकालले राजवंशीलाई पराजित गरेका थिए।
उनले १ हजार ५४५ मत ल्याउँदा तत्कालीन समयमा स्वतन्त्र उम्मेदवार दिएका राजवंशीले १ हजार ४९१ मत पाएका थिए। एमाले १ हजार ४२ मतका साथ तेस्रो बनेको थियो।
216
Shares

प्रतिक्रिया