ad ad

निर्वाचन विशेष


बाजुराको बुढीगंगामा पुनः मतदान गर्न कांग्रेसको माग

बाजुराको बुढीगंगामा पुनः मतदान गर्न कांग्रेसको माग

नेपालखबर
जेठ ६, २०७९ शुक्रबार १७:५३, काठमाडौँ

नेपाली कांग्रेसले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदानको माग गरेको छ।

निर्वाचन सम्पन्न भएको एक सातापछि कांग्रेसले शुक्रबार विज्ञप्ति जारी गरेर बुढीगंगामा पुनः मतदानको माग गरेको हो। 

‘निर्वाचनको निश्पक्षता, स्वतन्त्रता र पारदर्शितामा गम्भीर चुनौती दिने यस किसिमको जघन्य घट्नामा संलग्न उपर कानुनबमोजिम कडा कारबाहीको माग गर्दै, नेपाली कांग्रेस त्यसरी कब्जा गरिएका मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा पुनः मतदानको व्यवस्था तत्काल मिलाउन निर्वाचन आयोगसमक्ष अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ। 

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतदानका क्रममा बुढीगंगा नगरपालिकाका विभिन्न मतदान केन्द्रमा नेकपा एमालेका कार्यकर्ताले कांग्रेसका उम्मेदवार र प्रतिनिधिहरुलाई आक्रमण गरेर बुथ कब्जा गरी फर्जी मत हालेको विज्ञप्तिमा दाबी गरिएको छ। 

‘भयरहित वातावरणमा स्वविवेकले मतदाता स्वयंले मतदान गर्न पाउने संवैधानिक अधिकारलाई चुनौति दिँदै नेकपा एमालेका तर्फबाट सो नगरपालिकामा भएको बाहुबलको प्रयोग र बुथ कब्जा जस्तो अलोकतान्त्रिक कार्यको नेपाली कांग्रेस घोर निन्दा र भत्सर्ना गर्दछ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .