रौतहटको श्रीमावि मतदान केन्द्रबाट मतपेटिका बोकेर भाग्ने व्यक्ति पक्राउ परेका छन्।
निर्वाचनको दिन यमुनामाई गाउँपालिका वडा नं २ स्थित श्री मावि भेडियाहीको मतदान केन्द्रबाट मतपेटिका बोकेर भागेका ४६ वर्षीय चन्देश्वर बैठालाई प्रहरीले पक्राउ गरेको हो।
मतदान स्थगित भएको अवस्थामा हुल लिएर आएका उनले मतदान केन्द्रभित्र जवरजस्ती प्रवेश गरी मतपेटिका बोकेर भागेका थिए।
मतपेटिका बोकेर भागेपछि प्रहरीले केही राउण्ड गोलि फायर गरेर मतपेटिका नियन्त्रणमा लिएको थियो।
प्रहरीले गोली चलाएपछि मतपेटिका छाडी भागेका रौतहट यमुनामाई गाउँपालिका वडा नं २ का बैठालाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो। उनी घरमै बसेको अवस्थामा फेला परेका हुन्।
उनलाई निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ बमोजिम कानूनी कारवाहीको लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको रौतहट प्रहरीले जानकारी दिएको छ।
Shares

प्रतिक्रिया