गुल्मी जिल्लामा १२ वटा स्थानीय तह छन्। गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको सबै तहको मतपरिणाम सार्वजनिक भइसकेको छ।
जसमध्ये यहाँका ५ वटा स्थानिय तहका प्रमुखमा नेपाली कांग्रेस, ४ वटामा माओवादी केन्द्र र ३ वटामा नेकपा एमाले विजयी भएको छ।
इश्मा गाउँपालिका, कालिगण्डकी गाउँपालिका, गुल्मी दरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकामा कांग्रेस विजयी भएको हो। त्यस्तै, चन्द्रकोट गाउँपालिका, छत्रकोट गाउँपालिका, धुर्कोट गाउँपालिका र मालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ।
एमालेले भने मुसिकोट नगरपालिका, रुरुक्षेत्र गाउँपालिका र सत्यवती गाउँपालिकामा जित निकालेको छ। जिल्लाका धेरैजसो पालिकामा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल समेत भएको थियो।
४ वडाध्यक्ष, ४ वटै पालिका
गुल्मीका ४ वटा स्थानिय तहमा जित निकालेको माओवादी केन्द्रले जिल्लाभरी जम्मा ४ वटामात्रै वडामा विजयी भएको छ। माओवादीले जितेको ४ वटा पालिका हुन– चन्द्रकोट, छत्रकोट, धुर्कोट र मालिका।
यसमध्ये माओवादीले चन्द्रकोटको वडा नं १ र मालिकाका वडा नं ३ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। छत्रकोट र धुर्कोट गाउँपालिकाको अध्यक्षमा जित निकालेको भएपनि वडाध्यक्ष भने एउटामा पनि माओवादीले जितेको छैन्।
यसका अलवा रुरुक्षेत्र गाउँपालिकाको वडा नं–५ र सत्यवती गाउँपालिकाको वडा नं–३ मा माओवादीका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका हुन्। रुरुक्षेत्र र सत्यवती गाउँपालिकाको अध्यक्षमा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
Shares

प्रतिक्रिया