रौतहटको राजपुर नगरपालिकाको प्रमुखमा निलम्बित सांसद मोहम्मद अफताव आलमका छोरा मोहम्मद राजीक आलम निर्वाचित भएका छन्।
नेपाली कांग्रेसले यो नगरपालिकाको प्रमुख र उपप्रमुख नै जितेको हो।
उपप्रमुखमा जजमिला असगरी निर्वाचित भइन्। अन्य पार्टीका उम्मेदवार भन्दा उनले झण्डै तेब्बर बढी मत ल्याइन्।
राजीकले ६ हजार ३३५ मत ल्याउँदा प्रतिस्पर्धी जनता समाजवादी पार्टीका मोहम्मद जैद आलमले ३ हजार ७५१ मत ल्याए।
उपमेयरमा पनि कांग्रेसकै जमिला असगरी निर्वाचित भएकी छन्। जमिलाले ६ हजार २६८ मत पाउँदा जसपाकी चिन्ताकुमारी कलवारले ३ हजार ६२९ मत ल्याइन्।
मेयरमा विजयी रजीक कांग्रेस नेता तथा निलम्बित सांसद आलमका कान्छा छोरा हुन्।
अफताबले २०६४ सालको निर्वाचनमा बम बिस्फोटका घाइतेलाई ईंटा–भट्टामा लगेर जलाएको आरोपमा उनी पुर्पक्षका लागि नक्खु कारागारमा छन्। केही दिन अघिमात्रै सर्वोच्च अदालतले पनि उनलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत रौतहटको आदेश सदर गरेको छ।
Shares

प्रतिक्रिया