निर्वाचन विशेष


धनगढीमा करिब १० हजार मतले स्वतन्त्र उम्मेदवार हमाल अगाडि

धनगढीमा करिब १० हजार मतले स्वतन्त्र उम्मेदवार हमाल अगाडि

नेपालखबर
जेठ ६, २०७९ शुक्रबार १४:४४, काठमाडौँ

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ९९१० मतको अग्रता हासिल गरेका छन्। 

४३ हजार १२३ मतगणना हुँदा हमालले १९ हजार ६२१ मत पाएका छन्। यस्तै गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ९ हजार ७११ मत पाएका छन्। 

एमालेका रणबहादुर चन्दले ४ हजार ७३४ मत पाएका छन्। 

उपप्रमुखमा गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार शान्ति अधिकारीले ८ हजार ९५९, एमालेकी कन्दकला रानाले ८ हजार २८७ र स्वतन्त्र उम्मेदवार प्रभावकर भण्डारीले ५ हजार २६४ मत पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad