निर्वाचन विशेष


काठमाडौंका दुई वडामा केशव स्थापितभन्दा बालेन शाह दोब्बर मतले पछाडि

काठमाडौंका दुई वडामा केशव स्थापितभन्दा बालेन शाह दोब्बर मतले पछाडि

फाइल तस्बिर


नेपालखबर
जेठ ६, २०७९ शुक्रबार १३:५४, काठमाडौँ

काठमाडौँमा जारी मतगणनाका क्रममा लौरो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह दुईवटा वडामा नेकपा एमालेका केशव स्थापितभन्दा झण्डै दोब्बर मतले पछि परेका छन्। 

शुक्रबार दिउँसो १ बजेपछि सार्वजनिक गरिएको मत परिणामअनुसार उनी वडा नम्बर २५ र २७ मा स्थापितभन्दा झण्डै दोब्बर मतले पछि परेका हुन्। 

वडा नम्बर २५ मा शाहले ३२ मत ल्याउँदा स्थापितले ५६ मत पाएका छन्। यस्तै उनले २७ नम्बर वडामा २२८ मत प्राप्त गर्दा स्थापितले ४३८ मत ल्याएका छन्। 

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ नम्बर वडामा ३१ र २७ नम्बर वडामा ३१८ मत प्राप्त गरेकी छन्। २७ मा उनले स्वतन्त्र उम्मेदवारलाई पछाडि पारेकी छन्। 

काठमाडौँमा ७५ हजार ४२१ मत गणना भएको छ। अहिले वडा नम्बर ६, ७, ८, ९, २५, २६, २७, २९ र ३१ मा गणना भइरहेको छ। 

मत गणनाको प्रारम्भबाटै अग्रता लिएको शाहको पक्षमा २८ हजार ६६२, स्थापितको पक्षमा १५ हजार ३५७ र सिर्जनाको पक्षमा १५ हजार ५७ मत देखिएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad