प्युठान नगरपालिकाले प्युठान अस्पतालमा नगरबासीका लागि बिरामी दर्ता शुल्क निःशुल्क गर्ने निर्णय गरेको छ।
नवनिर्वाचित प्रमुख विष्णु योगी र उपप्रमुख देवेन्द्र वर्माले पदभार ग्रहण गर्दै शुक्रबार प्युठान अस्पतालमा नगरबासीका लागि बिरामी दर्ता शुल्क निःशुल्क गर्ने निर्णय गरेका हुन्।
नगरपालिकाले अस्पतालमा नगरबासीहरुका लागि रक्त सञ्चार सेवा पनि निःशुल्क गर्ने निर्णय गरेको उपप्रमुख वर्माले जानकारी दिए।

उनले प्युठान नगरपलिकाका १० वटै वडाले आगामी आर्थिक वर्षका लागि योजना ल्याउँदा अनिवार्य रुपमा बस्ती भेलाबाट योजना छनोट संकलन र प्राथमिकरण गर्नु पर्ने र योजनाहरुलाई कार्यान्वयन तथा दीगोपना गराउनका लागि नीतिगत व्यवस्था गर्ने निर्णय गरिएको जानकारी दिए।
492
Shares

प्रतिक्रिया