निर्वाचन विशेष


पोखरामा अग्रता बढाउँदै धनराज, एमाले उम्मेदबार ३२७० मतले पछि

पोखरामा अग्रता बढाउँदै धनराज, एमाले उम्मेदबार ३२७० मतले पछि

नेपालखबर
जेठ ६, २०७९ शुक्रबार १०:४२, काठमाडौँ

पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार धनराज आचार्यले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन्। 

पछिल्लो मत परिणाम अनुसार सत्तारुढ गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका आचार्य एमालेका कृष्ण थापा भन्दा ३ हजार २७० मतले अघि छन्। 

६५ हजार मतको गणना सकिँदा धनराजले २६ हजार ९६८ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका एमालेका कृष्ण थापाले २३ हजार ६९८ मत प्राप्त गरेका छन्।

उपमेयरमा गठबन्धनबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट र एमालेकी मन्जुदेवी गुरुङबीच तीव्र प्रतिस्पर्धा छ।

कोपिलाले २७ हजार २८४ मत प्राप्त गर्दा मन्जुले २७ हजार ११९ मत प्राप्त गरेकी छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad