काठमाडौं महानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन शाहले २७ हजार मत कटाएका छन्।
साढे ९ बजेसम्मको मतगणनाअनुसार ७१ हजार ८८८ मत गन्दा बालेन शाहले २७ हजार २८ मत पाएका छन्।
त्यस्तै नेकपा एमालेका केशव स्थापितले १४ हजार ४४८ मत पाएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १३ हजार ८७९ मत पाएकी छिन्।
अहिलेसम्म काठमाडौं महानगरपालिकाको १ देखि ५, २८ र ३० वडाको मतगणना सकिएको छ भने ६,७,८,२६,२७,२९,३१ र ३२ वडाको मतगणना चलिरहेको छ।
642
Shares

प्रतिक्रिया