निर्वाचन विशेष


राप्रपाले गुमायो नेपालगन्ज, कांग्रेसका प्रशान्त विष्ट विजयी

राप्रपाले गुमायो नेपालगन्ज, कांग्रेसका प्रशान्त विष्ट विजयी

फाइल फोटो


नेपालखबर
जेठ ६, २०७९ शुक्रबार ९:४१, बुटवल

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

निर्वाचन आयोगका अनुसार कांग्रेसका प्रशान्त विष्ट २३ हजार ४६० मतसहित विजयी भएका हुन्।

गठबन्धन गर्दा नेपालगञ्जमा कांग्रेसले मेयर र जसपाले उपमेयरको उम्मेदवार बनेका थिए। 

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पशुपतिदयाल मिश्राले ११ हजार ६७५ प्राप्त गरे। 

अघिल्लो पटक मेयर जितेको राप्रपा तेस्रो स्थानमा झरेको छ। चुनावको मुखैमा माओवादी छाडेका नन्दलाल वैश्य राप्रपाबाट उम्मेदवार बनेका थिए। 

तर राष्ट्रिय प्रजातन्त्र पार्टीका वैश्य तेस्रोमा सीमित भएका छन्। उनले ७ हजार ५९८ मत मात्रै ल्याउन सके।

यहाँ २०७४ को निर्वाचनमा राप्रपाबाट धवल शमशेर जबरा मेयर पदमा विजयी भएका थिए। 

त्यस्तै उपप्रमुखतर्फ जनता समाजवादीका कमरुद्दिन राई विजयी भए।

उनले १७ हजार ९५० मत प्राप्त गरे। एमालेकी शान्तिदेवी ढकालले १० ह्जार ९१५ मत पाइन्। 

कांग्रेसले नेपालगञ्जमा मेयरसहित ५ वटा वडा जितेको छ। जसपाले उपमेयरसहित ६ वटा वडामा जित निकालेको छ। 

५ वटामा एमाले, ४ वटामा माओवादी केन्द्र र ३ वटा वडामा राप्रपाले वडाध्यक्ष जितेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad