निर्वाचन विशेष


६२६ स्थानीय तहको नतिजा : कांग्रेस २७९, एमाले १७३ र माओवादी केन्द्र ११२ पालिकामा विजयी

६२६ स्थानीय तहको नतिजा : कांग्रेस २७९, एमाले १७३ र माओवादी केन्द्र ११२ पालिकामा विजयी

नेपालखबर
जेठ ६, २०७९ शुक्रबार ८:४३, काठमाडौँ

सात सय ५३ स्थानीय तहमध्ये शुक्रबार बिहानसम्म देशभरका ६ सय २६  स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ।

सार्वजनिक परिणाम अनुसार अहिलेसम्म सबैभन्दा धेरै पालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अहिलेसम्म कांग्रेसले दुई सय ७९  स्थानीय तहमा प्रमुख जितेको छ भने ४३ स्थानीय तहमा अग्रता कायम राखेको छ।

२०७४ को स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै स्थानीय तह जितेर पहिलो दल बनेको नेकपा एमाले यो निर्वाचनमा कांग्रेसभन्दा पछि परेको छ। 

एमालेले अहिलेसम्म एक सय ७३ स्थानीय तहको प्रमुख जितेको छ। मतगणना चलिरहेका २८ पालिकामा एमालेका उम्मेदवार अगाडि छन्।

माओवादी केन्द्रले अहिलेसम्म ११२ स्थानीय तहको प्रमुख जितेको छ भने १२ पालिकामा उसले अग्रता कायम राखेको छ। 

अहिलेसम्म सार्वजनिक मत परिणाम र अग्रतालाई हेर्दा माओवादी केन्द्रले ०७४ को भन्दा आफ्नो अवस्था सुधार गरेको छ।  

जनता समाजवादी पार्टी (जसपा) ले अहिलेसम्म १८ स्थानीय तहको प्रमुख जितेर चौथो स्थान कायम गरेको छ। उसले १२ स्थानीय तहमा अग्रता कायम गरेको छ। 

एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले अहिलेसम्म १४ स्थानीय तहको प्रमुख जितेको छ। ५ स्थानीय तहमा उसले अग्रतालाई कायम राखेको छ। 

अहिलेसम्म देशभरमा ६ स्थानीय तहको प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। मतगणना चलिरहेको कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार अघि छन्।

महन्थ ठाकुर नेतृत्वको लोसपाले अहिलेसम्म ७ स्थानीय तहको प्रमुख जितेको छ भने मतगणना चलिरहेका पाँच स्थानमा अग्रता कायम राखेको छ।

राष्ट्रिय जनमोर्चाले अहिलेसम्म तीन स्थानीय तहको प्रमुख जितेको छ भने राप्रपाले काठमाडौंको शंखरापुर नगरपालिका र झापाको हल्दीबारी गाउँपालिकाको प्रमुख जितेको छ। 

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा प्रमुख जितेको छ भने सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीका दुई पालिका प्रमुख जितेको छ। 

नेपाल मजदुर किसान पार्टीले अहिलेसम्म भक्तपुरको एउटा स्थानीय तहमा जित हासिल गरेको छ भने तमलोपाले धनुषाको एक स्थानीय तहको प्रमुख जितेको छ। 
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad