निर्वाचन विशेष


धरानमा लौरो १५ सय मतले अगाडि, हर्क भन्छन् : खादा माला पर्दैन, मनमा राखे पुग्छ

धरानमा लौरो १५ सय मतले अगाडि, हर्क भन्छन् : खादा माला पर्दैन, मनमा राखे पुग्छ

फाइल फोटो


नेपालखबर
जेठ ६, २०७९ शुक्रबार ८:४२, काठमाडौँ

धरान उपमहानगरपालिकामा लौरो लिएर स्वतन्त्र उठेका हर्क साम्पाङले फराकिलो अग्रता लिन थालेका छन्। 

शुक्रबार बिहान ८ बजेसम्मको परिणाम अनुसार त्यहाँ साम्पाङले कांग्रेसका किशोर राईभन्दा १५ सय ९ मतले अग्रता बनाएका छन्। 

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार साम्पाङले ११ हजार ३३९ मत ल्याएका छन्। 

उनलाई पछ्याइरहेका सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले ९८३० मत प्राप्त गरेका छन्। 

मेयरमा एमालेकी उम्मेदवार मञ्जु भण्डारी करिब ३ हजार मतले पछि पर्दै ८ हजार ७१ मा समेटिएकी छन्। 

उपमेयर पदमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ११ हजार ४२१ मत ल्याएका छन्। 

पछिल्लो समय लगातार अग्रता बनाउन थालेका हर्क साम्पाङले आफूलाई खादा र माला नलगाइदिन अपील गरेका छन्। 

लगातार मतगणनास्थलमा खटिरहेका उनले अग्रता लिएसँगै समर्थकहरु खादा माला लिएर आउन थालेपछि यस्तो बताएका हुन्। 

'मलाई खदा माला लगाइदिनुपर्दैन! तपाईंको मनमा राखे पुग्छ मलाई', उनले भनेका छन्, 'खादा माला किन्ने पैसा बरु केटाकेटीको कापी कलम किन्नमा सदुपयोग गर्नुस्! अनावश्यक खर्च गर्न छोडौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad