नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ।
तर निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गरिसकेको छैन।
एमाले उम्मेदवार गीता अधिकारीलाई ९८९ मतले पराजित गर्दै दमक नगरपालिकाको मेयरमा राप्रपाका राम थापा विजयी भएका हुन्।
थापा कांग्रेस-माओवादीसहितको ६ दलीय गठबन्धनबाट चुनावी मैदान थिए। उनले १७ हजार ९२५ मत ल्याए। पराजित एमालेकी गीताले १६ हजार ९३६ मत ल्याइन्।
त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी रेगिना भट्टराई १७ हजार ७२ मतसहित विजयी भएकी छन्। पराजित एमालेका अम्बिकाप्रसाद खनालले १६ हजार ५७४ मत ल्याएका छन्।
दमकमा कांग्रेस, राप्रपासहितका दलले गठबन्धन गरेर चुनाव लडेका थिए। एमाले एक्लै प्रतिस्पर्धामा थियो।
अघिल्लो चुनावमा दमक नगरपालिकाको मेयरमा एमालेका रोमनाथ ओली निर्वाचित भएका थिए।
Shares

प्रतिक्रिया