भरतपुर महानगरमा गठबन्धन उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन्। ४९ हवार ५१६ मत गणना हुँदा उनले १८ हजार ७१३ मत प्राप्त गरेकी छन्।
एमालेका विजय सुवेदी १५ हजार ३७५ मतसहित उनलाई पछ्याइरहेका छन्।
कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ३६५ मत पाएका छन्।
उपमेयरमा भने गठबन्धनका चित्रसेन अधिकारी फराकिलो मतले अगाडि छन्। उनले २१ हजार २९३ मत पाउँदा राप्रपाकी हिमला गुरुङ्गले १२ हजार २४७ मत मात्र ल्याएकी छन्।
वडा नम्बर ११ को मत गणना भइरहेको छ। सो वडामा भने एमालेका उम्मेदवार कमल मल्ल अगाडि छन्। मल्लले १ हजार ४१७ मत पाउँदा माओवादी केन्द्रका युवराज पौडेलले मात्र १ हजार २८ मत पाएका छन्।
2.8k
Shares

प्रतिक्रिया