निर्वाचन विशेष


सप्तरीमा माओवादीले पहिलो पटक जित्यो नगरपालिका प्रमुख, निवर्तमान प्रमुख पराजित

सप्तरीमा माओवादीले पहिलो पटक जित्यो नगरपालिका प्रमुख, निवर्तमान प्रमुख पराजित

नेपालखबर
जेठ ५, २०७९ बिहिबार २३:३७, काठमाडौँ

नेकपा माओवादी केन्द्रले सप्तरीमा पहिलो पटक स्थानीय तहको प्रमुख जितेको छ।

खडक नगरपालिकाको प्रमुख जित्दै माओवादी केन्द्रले सप्तरीमा जीतको खाता खोलेको हो।

माओवादीका जयप्रकाश चौधरीले ५ हजार ८ सय ८२ मत प्राप्त गरे।

जनता समाजवादी पार्टी (जसपा)का हेमायु हकले ५ हजार ६७ मत ल्याए।

हक निवर्तमान प्रमुख पनि हुन्।

२०७४ को स्थानीय चुनावमा सप्तरीको केही वडा मात्रै जितेका माओवादीले प्रमुख पद नै जित्न सफल भएको हो।

यस्तै नगरपालिकाको उपप्रमुखमा भने जसपाकी रिताकुमारी चौधरीले ६ हजार २ सय ३१ मत ल्याएर जितिन्।

उनले नेपाली कांग्रेसकी यसमिन सुल्तान खातुनलाई पराजित गरेकी हुन्। खातुनले ३ हजार २ सय १० मत ल्याइन्।

महोत्तरी र रौतहतको दुई नगरपालिका गुमाएको माओवादी केन्द्रले सप्तरीमा भने पहिलो पटक पालिका जितेर कमव्याक गर्ने देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad