भरतपुर महानगरमा गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३ हजार २२५ मतसहित अग्रता लिएकी छन्।
हालसम्म गणना भएको मत ४७ हजार ५११ मा दाहालले १७ हजार ९७२ मत पाएकी छन्
यस्तै, नेकपा (एमाले) का विजय सुवेदीले १४ हजार ७९२ मत ल्याएका छन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ७ हजार २२३ मतसहित तेस्रो स्थानमा छन्।
उपमेयरमा गठबन्धनका चित्रसेन अधिकारीले २० हजार ५२१, एमालेकी हिमला गुरुङले ११ हजार ६७३ मत ल्याएकी छन्।
225
Shares

प्रतिक्रिया