ad ad

निर्वाचन विशेष


कर्णालीमा एमालेभन्दा माओवादी बलियो, ५ जिल्लामा प्रमुखविहीन

कर्णालीमा एमालेभन्दा माओवादी बलियो, ५ जिल्लामा प्रमुखविहीन

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १९:३३, काठमाडौँ

स्थानीय तहको मतपरिणाम सार्वजनिक भइरहँदा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन्। सबैतिर दोस्रो स्थानमा देखिएको एमाले कर्णाली प्रदेशमा भने माओवादी भन्दा कमजोर देखिएको छ। 

कर्णाली प्रदेशका १० जिल्लामा ७९ वटा पालिका छन्। यी मध्ये ५ वटा पालिकाको मात्रै अन्तिम मत परिणाम आउन बाँकी छ। १० वटै जिल्लाका ३१ पालिका प्रमुखमा कांग्रेस विजयी भएको छ।

रुकुम पश्चिम र डोल्पामा भने कांग्रेस एक एक पालिका प्रमुखमा मात्रै विजयी भएको छ। 

माओवादीले २२ पालिकामा जित हात पारेको छ। कालिकोट हुम्ला र रुकुम पश्चिममा माओवादी बलियो देखिएको छ। कुनैपनि जिल्लामा माओवादी जितविहीन भएको छैन। 

तर परिणाम सार्वजनिक भएका ५ वटा जिल्लामा नेकपा एमालेले भने खाता खोल्नै सकेको छैन। हालसम्म एमालेले १६ पालिका प्रमुख मात्रै जितेको छ। सुर्खेत र जाजरकोटमा ३/३ पालिका जितेको एमालेले दैलेखमा चार पालिका प्रमुखमा विजयी भएको छ। 

डोल्पा र सल्यानमा २/२ पालिका जितेको एमालेले ५ वटा जिल्लामा भने प्रमुखमा खाता खोल्नै सकेको छैन। 

रुकुम पश्चिममा एमाले जितविहीन भएको छ। मुगु, जुम्ला, हुम्ला र कालिकोटमा पनि एमाले पालिका प्रमुखविहीन छ। कालिकोटका २ पालिका, हुम्लामा १, सुर्खेतमा १ र रुकुमपश्चिमको १ पालिकाको भने अन्तिम परिणाम आउन बाँकी छ।

कालिकोटमा गणना भइरहेको पालिकामा एमालेको झिनो अग्रता छ। यहाँ जितविहीन बन्नबाट जोगिने सम्भावना छ। 

यस्तै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले कालिकोटमा २, मुगुमा १, डोल्पामा २ र सल्यानको एउटा पालिका प्रमुखमा विजयी भएको छ। 

डोल्पामा र जुम्लामा एक एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .