स्थानीय तहको निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन्।
पोखरा महानगरको प्रमुखमा एकीकृत समाजवादी पार्टीका उम्मेदवार धनराज आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई २ हजार ७२० मतान्तरले पछि पारेका छन्।
आचार्यले कुल गणना भएको ५५ हजार २६७ मतमा २२ हजार ८५२ मत ल्याएका छन्।
एमालेका उम्मेदवार थापाले भने २० हजार १३२ मत प्राप्त गरेका छन्।
उपमेयर पदमा पनि गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।
गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट १४३ मतले अगाडि छन्।
गठबन्धनका उम्मेदवार रानाभाटले २३ हजार १६४ मत ल्याउँदा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले २३ हजार २१ मत ल्याएकी छन्।
273
Shares
प्रतिक्रिया