प्रदेश सांसद पदबाट राजीनामा दिएर मेयरमा लडेका उपेन्द्र कुशवाहा पराजित भएका छन्।
सर्लाहीको गोडैता नगरपालिका मेयरमा कांग्रेसबाट उम्मेदवारी दिएका कुशवाहा ५४२ मतको अन्तरले पराजित भएका हुन्।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) उम्मेदवार देवेन्द्रकुमार यादव कुशवाहालाई पराजित गर्दै विजयी भएका हुन्।
यादवले ५ हजार २९४ मत ल्याएर विजयी भए भने कुशवाहाले ४ हजार ७५२ मतमा सिमित भए।
त्यस्तै उपमेयरमा पनि लोसपाकै अन्जना कुशवाहा विजयी भएकी छन्। उनी ५ हजार ३०१ मत ल्याएर निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रामसखी देवीले ४ हजार ४९३ मत प्राप्त गरेकी छन्।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका कुशवाहा मेयर पदमा चुनाव लड्न १० वैशाखमा प्रदेश सांसद पदबाट राजीनामा दिएका थिए। उनी सर्लाहीको क्षेत्र नं. ४ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।
Shares

प्रतिक्रिया