निर्वाचन विशेष


बागुलङको बडिगाडमा अध्यक्ष कांग्रेस, उपाध्यक्ष जनमोर्चा विजयी

बागुलङको बडिगाडमा अध्यक्ष कांग्रेस, उपाध्यक्ष जनमोर्चा विजयी

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १६:३, काठमाडौँ

बागलुङको बडिगाड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार गण्डकी थापा विजयी भएकी छन्।

थापाले ७ हजार ३८६ मत प्राप्त गर्दा प्रतिस्पर्धी एमाले उम्मेदवारले ५ हजार ८१४ मत पाएका छन्।

उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका भीमसेन वन निर्वाचित भएका छन्।

बिहीबार अपरान्ह सम्पन्न मतगणनामा वनले ७ हजार २३१ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ५ हजार ८०० मत ल्याएका छन्।

बडिगाड गाउँपालिकाका १० वडामध्ये वडा नम्बर १ र ४ गरी दुई वटा राष्ट्रिय जनमोर्चा, वडा नम्बर २, ३ र ५ गरी तीन वटा नेकपा एमाले, वडा नम्बर ४ र १० गरी दुई वटा नेकपा माओवादी केन्द्र र वडा नम्बर ६, ७ र ९ गरी तीन वटा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad