निर्वाचन विशेष


नारायणकाजीको गृहपालिका सिरानचोकमा माओवादी पराजित

नारायणकाजीको गृहपालिका सिरानचोकमा माओवादी पराजित

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १५:५६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गोरखाका ८ स्थानीय तह जिताए पनि आफ्नै निर्वाचन क्षेत्रमा भने पराजित भएका छन्।

श्रेष्ठको निर्वाचन क्षेत्र र गृहपालिका रहेका सिरानचोक गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको हो।

केहीबेरअघि सार्वजनिक अन्तिम मतपरिणाम अनुसार कांग्रेसका ज्ञानेन्द्र गुरुङ ५ हजार ४ सय ३ मत ल्याएर विजयी हुँदा नेकपा माओवादी केन्द्रका नवराज पुडासैनीले ४ हजार १ सय ६८ मत ल्याए।

यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकै रिता देवकोटा ४ हजार ८ सय ४ मत ल्याएर विजयी हुँदा माओवादी केन्द्रकी पूर्णकुमारी ढकाल ३ हजार ९ सय २ मत ल्याएर पराजित भइन्।

गोरखामा २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस एक्लैले ७ पालिका जितेको थियो। तर, यसपटक माओवादी केन्द्रले ८ पालिका जितेर कांग्रेसलाई पछि पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad