कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा नेकपा एमालेकी मोहनमाया ढकाल विजयी भएकी छन्।
बिहीबार सम्मपन्न मतगणना अनुसार ढकाल मेयरमा र एमालेकै नीलकण्ठ खनाल उपमेयरमा निर्वाचित भएका छन्।
यहाँको अन्तिम मतपरिणाम निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको छैन।
तर मेयरमा निर्वाचित ढकालले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्रबहादुर खड्कालाई पराजित गरेकी हुन्।
त्यसैग उपमेयर पनि एमालेले नै जितेको छ। उपमेयरमा एमाले खनालले नेकपा माओवादी केन्द्रकी शान्ति ढकाललाई पराजित गरेका छन्।
450
Shares

प्रतिक्रिया