निर्वाचन विशेष


गाउँपालिका र विजयी अध्यक्षको नाम मिलेपछि रौतहटको दुर्गा भगवतीमा ‘हरहर शम्भो, घरघर शम्भो’ नारा

गाउँपालिका र विजयी अध्यक्षको नाम मिलेपछि रौतहटको दुर्गा भगवतीमा ‘हरहर शम्भो, घरघर शम्भो’ नारा

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १२:४२, काठमाडौँ

देवीको नामबाट नामाकरण गरिएको रौतहटको दुर्गा भगवती गाउँपालिकामा माओवादी केन्द्रले विजय हासिल गरेको छ। 

रोचक चाहिँ के भने, यहाँबाट निर्वाचित गाउँपालिका अध्यक्षको नाम देवताको नामसँग मिल्दो जुल्दो छ। 

यहाँ माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार शम्भुकुमार सिंह विजयी भएका छन्। हिन्दू धर्मशास्त्र अनुसार शम्भुपनि देवताको नाम हो। 

अन्तिम मतगणनामा माओवादी केन्द्रका सिंह निकै ठूलो मतान्तरका साथ विजयी भएका हुन् । उनले ४ हजार २ सय ४ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अरुणकुमार साहले २ हजार ९ सय ८२ मत प्राप्त गरेका छन्। 

यो गाउँपालिकामा उपाध्यक्षमा पनि माओवादी केन्द्रले नै विजय हासिल गरेको छ। माओवादी केन्द्रकी उम्मेदवार शिलादेवीले २ हजार ६ सय ७९ मत हासिल गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मञ्जुदेवीले २ हजार ३ सय ५७ मत प्राप्त गरेकी छन्।  

रौतहटका १८ पालिकामध्ये माओवादी केन्द्रले हालसम्म विजय हासिल गरेको पालिका यहीमात्र हो । २०७४ को निर्वाचनमा रौतहटका ५ पालिकामा उसले विजय हासिल गरेको थियो। 

प्रभु साहको माओवादीबाट बहिर्गमनका कारण २०७४ को नतिजा रौतहटमा दोहोर्याउन माओवादी असफल रह्यो । यद्यपी, दुर्गा भगवती गाउँपालिकामा विजय हासिल गरेर माओवादी अध्यक्षका उम्मेदवार शम्भुले जिल्लामा माओवादी केन्द्रलाई ‘क्लिन स्वीप’ हुनबाट जोगाएका छन्। 

रौतहटमा माओवादीलाई ‘क्लिन स्वीप’ हुनबाट जोगाएका शम्भुको विजय र्यालीमा माओवादी कार्यकर्ताहरुले उनकै प्रसंशा गर्दै नारा बनाएका छन्। 

पूर्व राज्यमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता सत्यनारायण विन भगतले विजय र्यालीको तस्वीर फेसबुकमा पोष्ट गर्दै लेखेका छन्, ‘दुर्गा भगवती गाउपालिका मा नेकपा (माओवादी केन्द्र) को बिजयउत्सवमा ‘हर हर शम्भो, घरघर शम्भो’ को नारा गुञ्जयमान।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad