निर्वाचन विशेष


अर्घाखाँचीको सितगंगाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

अर्घाखाँचीको सितगंगाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १२:३६, काठमाडौँ

अर्घाखाँचीको सितगंगा नगरपालिकाको मेयरमा कांग्रेसका छविलाल पौड्याल विजयी भएका छन्। उपमेयरमा एमालेकी गीता भाट विजयी भएकी छन्। 

पौड्यालले एमालेका वसन्त  श्रेष्ठलाई  १८६ मतान्तरले पराजित गरेका हुन् । मेयरमा निर्वाचित पौड्यालले १० हजार ७८ मत प्राप्त  गरेका छन् भने  श्रेष्ठले ९ हजार ८९२ मत ल्याए।

एमालेबाट उपमेयरमा विजयी भाटले १० हजार २८८ मत ल्याएकी छन् ।  गठबन्धन तर्फ माओवादी केन्द्रका उम्मेदवार  टिका रेश्मीले  ८ हजार ५७ मत ल्याएका छन् । शितगंगाका १४ वडा मध्ये एमालेले  ७  वटा वडा जितेको छ । कांग्रेसले ६ वटा वडा र माओवादी केन्द्रले एउटा वडा जितेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad