ad ad

निर्वाचन विशेष


सर्लाहीको लालबन्दीमा कांग्रेसको जित, माओवादी र एकीकृत समाजवादीको गठबन्धन तेस्रो नम्बरमा

सर्लाहीको लालबन्दीमा कांग्रेसको जित, माओवादी र एकीकृत समाजवादीको गठबन्धन तेस्रो नम्बरमा

नेपालखबर
जेठ ५, २०७९ बिहिबार ११:५९, काठमाडौँ

सर्लाहीको लालबन्दी नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। एमाले उम्मेदवारलाई पराजित गर्दै कांग्रेसका वासुदेव अधिकारी मेयरमा विजयी भएका हुन्।

लालबन्दीमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले  गठबन्धन गरेका थिए। मत गणनाको अन्तिम नजिता सार्वजनिक हुँदा उनीहरुको गठबन्धन तेस्रो भएको छ। एमाले र कांग्रेस एक्लाएक्लै प्रतिस्पर्धामा थिए। 

उपमेयरमामा पनि कांग्रेसकी कल्पना माया पाख्रिन विजयी भएकी छन्। 

अधिकारीले एमालेका गोविन्दबहादुर महतलाई एक हजार ६७८ मतान्तरले पराजित गरेका हुन्। उनले ९ हजार ५६१ प्राप्त गरेका छन्। 

उनका निकटतम प्रतिस्पर्धी एमालेका महतले ७ हजार ८८३ मत पाएका छन्। माओवादी एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार माओवादीका प्रह्लाद बुढाथोकीले ६ हजार १७५ मत मात्र पाएका छन्। 

उपमेयरमा विजयी हुने पाख्रिनले ८ हजार ८५० मत पाएकी छन्। उनकी उनकी निकटतम प्रतिस्पर्धी एमालेकी सन्सरीमाया थिङले ८ हजार १५९ मत प्राप्त गरिन्।

गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेदवारले ३ हजार ६४१ मत पाएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .