नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको वडामा नेकपा एमाले विजयी भएको छ।
कांग्रेसका विष्णुप्रसाद काफ्लेलाई ३०९ मतले पराजित गर्दै एमालेका टेकबहादुर खड्का भद्रपुर नगरपालिका–१० को वडाध्यक्षमा विजयी भएका हुन्।
खड्काले १ हजार ४८० मत ल्याउँदा काफ्लेले १ हजार १७१ मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वडाध्यक्षका लागि चुनावी प्रतिष्पर्धामा उतारेका खेमराज भट्टराईले ७०६ मत ल्याएका छन्।
भद्रपुर नगरपालिकामा १० वडामध्ये कांग्रेसले २, ५, ६, ८, एमालेले १, ९ र १० तथा राप्रपाले ३, ७ तथा माओवादीले ४ नम्बर वडा जितेका छन्।
24
Shares

प्रतिक्रिया