निर्वाचन विशेष


बागमती नगरपालिकामा एमाले उम्मेदवारलाई ४ हजार मतान्तरले पराजित गर्दै माओवादी केन्द्रका भरत थापा विजयी

बागमती नगरपालिकामा एमाले उम्मेदवारलाई ४ हजार मतान्तरले पराजित गर्दै माओवादी केन्द्रका भरत थापा विजयी

नेपालखबर
जेठ ५, २०७९ बिहिबार ९:८, काठमाडौँ

सर्लाहीको बागमती नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। माओवादी केन्द्रका उम्मेदवार एमाले उम्मेदबारलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।

बागमती नगरपालिकाका १२ मध्ये १० वटा वडामा पनि माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

मेयरमा माओवादी केन्द्रका भरत थापा र उमेयरमा लीला मोक्तान दोस्रो कार्यकालको लागि बागमती नगरपालिकामा दोहोरिएका छन्।

थापा ११ हजार ३५७ मतसहित विजयी हुँदा एमालेका टंकबहादुर बस्नेतले ७ हजार ३६८ मत प्राप्त गरेका छन्। मेयरमा कांग्रेसका सुरज कुमार सुवेदीले १ हजार ५७८ मत प्राप्त गरेका छन् भने राप्रपाका शिवराम महतोले ७४ मत मात्रै पाएका छन्।

स्वतन्त्रबाट मेयरमा उम्मेदवार बनेकी धनकुमारी खड्का (पौडेल)ले ५९३ मत मात्रै प्राप्त गरेकी छन्। धनकुमारी प्रहरीले हत्या गरेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तत्कालिन सर्लाही जिल्ला अध्यक्ष कुमार पौडेलकी पत्नी हुन्।

बागमती नगरपालिकाको उपमेयरमा पनि माओवादी केन्द्रकी लीला मोक्तान विजयी भएकी छन्। मोक्तान १० हजार ८७९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेकी सरिता घिसिङले ७ हजार ७०५ मत प्राप्त गरेकी छन्। 

बागमतीका १२ मध्ये १० वटा वडामा माओवादी केन्द्रका उम्मेदवार प्यानलसहित विजयी भएका छन्। वडा नम्बर ८ मा एमाले र ९ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad