बर्दियाको गुलरिया नगरपालिकाको मेयरमा कांग्रेस उमेदवार मुक्तिनाथ यादव निर्वाचित भएका छन्। एमालेका अमरबहादुर खड्कालाई पराजित गर्दै यादव दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन्।
यादवले ७ हजार ९ सय ८९ मत प्राप्त गर्दा खड्काले ७ हजार ८ सय ११ मत प्राप्त गरेका छन्। उपप्रमुखमा पनि कांग्रेसकी सावित्रा गौतम निर्वाचित भएकी छिन्।
गौतमले ८ हजार २ सय ७ मत प्राप्त गर्दा एमालेकी टिका शम्शेली मगरले ७ हजार ४ सय ६२ मत ल्याएकी छन्। माओवादी केन्द्रका गेहन्द्र ढकालले ५ हजार १० र उपप्रमुखमा इन्दिरा सुवेदीले ४ हजार ९ सय ३९ मत प्राप्त गरेका छन्।
45
Shares

प्रतिक्रिया