धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई अझ बढाउँदै लगेका छन्।
२३ हजार २२३ मत गणना सकिँदा हमालले १० हजार ८२५ मत प्राप्त गरेका छन्।
सत्तारुढ गठबन्धनबाट काँग्रेसका नृपबहादुर वडले ५ हजार १६६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ४६२ मत पाएका छन्।
धनगढीको उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारी अघि छन्। उनले अहिलेसम्म ४ हजार ६८८ मत प्राप्त गरेकी छन्।
एमालेकी कन्द्रकला रानाले ४ हजार २४६ र स्वतन्त्रबाट प्रभाकर भण्डारीले २ हजार ६४२ मत प्राप्त गरेका छन्।
195
Shares

प्रतिक्रिया