निर्वाचन विशेष


अघिल्लो निर्वाचनमा ‘क्लिनस्वीप’ भएको महोत्तरीमा माओवादीलाई पराजित गर्दै एमालेले खाता खोल्यो

अघिल्लो निर्वाचनमा ‘क्लिनस्वीप’ भएको महोत्तरीमा माओवादीलाई पराजित गर्दै एमालेले खाता खोल्यो

नेपालखबर
जेठ ४, २०७९ बुधबार ७:४१, जनकपुरधाम

२०७४ को स्थानीय निर्वाचनमा जिल्लामै ‘क्लिन स्वीप’ भएको नेकपा एमालेले महोत्तरीमा नगरपालिका जित्दै खाता खोलेको छ। 

नेकपा माओवादी केन्द्रको गढ मानिने रामगोपालपुर नगरपालिकाको मेयर र उपमेयरमा एमाले उम्मेदवार विजयी भएका छन्।
 
एमालेका राम दुलार साहले १ हजार ७६३ मतान्तरले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार निवर्तमान मेयर अशोक कुमार मण्डललाई पराजित गरेका हुन्।  

साहले ५ हजार ३४९ मत प्राप्त गर्दा मण्डलले ३ हजार ५८६ मत प्राप्त गरेका छन्। 

उपमेयरमा पनि एमालेकै रिना देवी यादव विजयी भएकी छन्। उनले ४ हजार २६३ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिद्वन्द्वी काँग्रेस कि पुष्पा देवी कुशवाहालाई ८६० मतको मतान्तरले पराजित गरिन्। 

कुशवाहाले ३ हजार ४०३ मत प्राप्त गरेकी छन्। १५ वटा पालिका रहेको महोत्तरीमा २०७४ को निर्वाचनमा नेकपा एमाले एउटा पालिकासमेत जित्न सकेको थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad