निर्वाचन विशेष


एमालेले जितेको मध्यपुर थिमिको मेयर पद कांग्रेसले खोस्यो, उपमेयरमा माओवादी केन्द्र विजयी

एमालेले जितेको मध्यपुर थिमिको मेयर पद कांग्रेसले खोस्यो, उपमेयरमा माओवादी केन्द्र विजयी

नेपालखबर
जेठ ४, २०७९ बुधबार १:५९, काठमाडौँ

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार बनेका कांग्रेसका सुरेन्द्र श्रेष्ठ १५ हजार ९८ मतसहित विजयी भएका हुन्। 

उपमेयरमा भने नेकपा माओवादी केन्द्रका विजय कृष्ण श्रेष्ठ विजयी भएका छन्। उनी १२ हजार १ सय २ मतसहित निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।

०७४ को निर्वाचनमा यो नगरपालिकामा एमालेका मदनसुन्दर श्रेष्‍ठ जुगुलु र कांग्रेसकी अञ्जनादेवी मधिकर्मी विजयी भएका थिए। श्रेष्ठ १४ हजार मत र माधिकर्मी १० हजार ६ सय ७८ मतसहित विजयी भएका थिए।

एमालेका निवर्तमान मेयर जगुलु अहिलेपनि निकटतम प्रतिस्पर्धी थिए। उनले ११ हजार ३५ मत ल्याएका छन्। उपप्रमुखमा एमालेकी उत्तरा नेपाल ८ हजार ९ सय ६३ मत ल्याएर दोस्रो भएकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad