निर्वाचन विशेष


झलनाथको निर्वाचन क्षेत्रमा गठबन्धनलाई हराउँदै एमाले विजयी

झलनाथको निर्वाचन क्षेत्रमा गठबन्धनलाई हराउँदै एमाले विजयी

नेपालखबर
जेठ ४, २०७९ बुधबार ०:१०, काठमाडौँ

इलाम जिल्लाको माईजोगमाइ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। एमालेका उम्मेदवार कुशबहादुर थेबे ५ हजार १ सय ३५ मतसहित विजयी भएका हुन्।

नेकपा एकीकृत समाजवादीका उम्मेदवार जीत बहादुर राईलाई पराजित गर्दै थेबे विजयी भएका हुन्। माईजोगमाइ गाउँपालिका नेकपा एसका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र हो। 

प्रतिस्पर्धी राईले ४ हजार ९ सय १३ मत प्राप्त गरेका थिए। त्यस्तै, उपप्रमुखमा भने गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी कांग्रेसकी प्रविना राई निर्वाचित भएकी छन्। उनले ५ हजार १ सय ५९ मत ल्याउँदा प्रतिस्पर्धी एमालेकी सावित्रा भट्टराईले ४ हजार ८ सय ८३ मत प्राप्त गरेकी छिन्।

यहाँ नेपाली कांग्रेस र एकीकृत समाजवादीका उम्मेदवारबीच पालिकामा गठबन्धन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad